काङ्ग्रेस महामन्त्री भन्छन्:- ‘संघियताले देशमा कलह बढायो’

राजनीति

२६,मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले तयारी बिना संघीयतामा जाँदा देशमा कलह निम्तिएको बताएका छन् । हाम्रो जस्तो सानो देश संघीयतामा जानु पूर्व केहि तयारी गर्नुपथ्यो तर तयारी नहुनु कमजोरी भएको उनले बताए ।

“देशलाई संघीय राज्य बनाउनु पूर्व केहि तयारी गर्नुपथ्यो, एक्कासी संघीयता ल्याउँदा झगडा भएको छ,” स्याङ्जा काँग्रेसको पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, “संघीयता कस्तो हुनेभनेर नागरिक तहमा छलफल गरेको भए आजकोअवस्था आउने थिएन् ।”देशलाई धर्म निरपेक्ष घोषणा गर्दा पनि हामीले हतार गर्यौ भन्ने अभिव्यक्ति दिदै आएका डा. कोइरालाले तराई, पहाड र हिमाल मिलाएर जान सकेमात्रै संघीयता दिगो हुने बताए ।

“मधेशबादी दलले भने जस्तो र सरकारले संसदमा पेश गरे जस्तो संघीयता आवश्यक छैन्,” उनले भने, “सबैले चाहे जस्तो संघीयताका लागि छलफल गर्नु आवश्यक छ ।”संसदमा दर्ता भएको संविधान संशोधनकोप्रश्तावपछि एमालेले शुरु गरेको आन्दोलन नक्कली राष्ट्रबाद भएको दाबी गर्दै डा. कोईरालाले नक्कली राष्ट्रबाद देखाउन जति सजिलो छ, सक्कली राष्ट्रबादी हुन त्यत्तिकै जटिल भएको उनले जिकिर गरे ।

स्याङ्जाको मल्याङ्कोटस्थित राममन्दिर माविको बार्षिकोत्सवको उद्घाटन गर्न आएका डा. कोईरालाले देशभर देखिएको अन्यौता चिर्दै अगाडीबढ्न दलबीच संवादको आवश्यकता भएको औल्याए । “देशमा देखिएको अन्यौता चिर्नु दलहरुको दायित्व हो,” उनले भने, भारत र चीनलाई यो वा त्यो बाहानामा दोष लगाएर उम्कने कुनै दललाई छुट छैन् ।”

विद्यालयको बार्षिकोत्सवमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ्ले संक्रमणीनकालिन अवस्थामा संविधानको सफल कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताए । उनले जति सक्दो छिटो तिनै तहको निर्वाचन गर्न सके प्राप्त उपलब्धी संस्थागत गर्न सकिने विश्वास व्यक्तगरे ।“सरकारले केहि दिनभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ,” काँग्रेसका युवा नेता गुरुङ्ले भने, “स्थानीय तह सहितसबै तहको निर्वाचनमा का“ग्रेस ठूलो पार्टी नभए संविधान कार्यान्वयन अलपत्र हुनेछ ।” निर्वाचन केन्द्रितहुन उनले कार्यकर्तालाई आग्रह गरे ।

त्यस अवसरमा सांसदद्धय कमल प्रसाद पंगेनी र राजु थापाले राजनीतिक मुद्दाको सहि मुल्याङ्कन र व्यवस्थान नगरेसम्म सम्बृद्धिका कुरा हावाको गफ हुने बताए । उनीहरुलेराजनैतिक व्यवस्थापन विना नेपालमा सम्बृद्धिको कल्पना दिवास्वप्न हुने बताए ।

Post Comment