संबिधान संशोधन: ‘एक मधेश एक प्रदेश’ बनाउने प्रयासको शुरुवात हो – बुद्धि प्रसाद लामिछाने

राजनीति

buddiprasadlamichaneएनआरएन  अमेरिकाको  पुर्ब  सल्लाहाकार  तथा  नेपाली  कांग्रेस  गोर्खा  जिल्लाका  पुर्व  सभापति  बुद्धि  प्रसाद  लामिछानेले यूएसनेपाल  न्युज  सँगको  एक  कुराकानीमा  संविधान  संशोधन  अरु  केहि  नभएर  देश  टुक्काउने  भारतको  चाहना  अनुरुप  गर्न लागिएको  कार्य   भएको  बताउछन ।

अाफुले  थाहा  पाए  देखी  अाफु  नेपाली  कांग्रेस  रहेको  बताउने  लामिछानेले  नेपाली  कांग्रेस  अहिले  गलत  बाटोमा  लागेको  र गलत  मनसायका  साथ  हुन  लागेको  कार्यलाई  नेपाली  कांग्रेसले  समर्थन  गर्न  नहुने  सोच्छन । यदि  यो  कार्य  सच्याइएन  भने यस्ले  नेपाली  कांग्रेस  पनि  राष्ट्रियता  माथि  खेलबाढ  गर्न  सक्ने  पार्टिको  रुपमा  जनताले  लिने  र  नेपाली  कांग्रेस  प्रती    धृणा पैदा  हुने  र  हुन  पनि  थालि  सकेको  अनुभब  गरेका  छन ।

नेपाल  जस्तो  राष्टमा  संघियता  नै  अावश्यकता  नभएको  र  यस्लाई  खारेज  गर्नु  पर्दछ  भन्ने  पक्षमा  लामिछाने   आफुलाई उभ्याउन  चाहन्छन ।

यो  संबिधान  संशोधन  नभयर  ‘एक  मधेश  –  एक  प्रदेश’  लाई  सफल  बनाउन  गरिएको  प्रयास  हो  र   यो  नेपाली  कांग्रेसको अध्यक्ष देउवा र प्रधानमन्न्री पुष्पकमल दाहाल दुई जनाको मात्रै निर्णय हो भन्ने छ ।

मधेशकै  केहि  पार्टिहरुले  यस  संशोधनलाई  स्वीकार  नगर्ने  बताइसकेको  अवस्थामा  पनि  अझै  सरकार  संबिधान  संशोधनको प्रस्ताव  अघि  बढाउन  खोज्नेले  पनि  लामिछाने  विश्वास  गर्छन  कि  यो  संशोधन  साच्चैको  मधेशका  जनतालाई  नभएर भारतको  निर्देशन  र  सरकार  टिकाइ  राख्ने  रणनिती  अनुरुप  गर्न  लागिएको  हो ।

अन्त्यमा  लामिछाने  विश्वास  गर्दछन  कि  संसदले  यो  प्रस्तावलाई  पुर्ण  रुपमा  असफल  पार्ने  छ ।

Post Comment