७,पुस । संविधान संशोधन विरुद्ध सडक र सदन आन्दोलन गर्दै आएको प्रमुख विपक्षी दल नेकपा (एमाले)ले सडकलाई दबाब दिन थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी थालेको छ ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आज बिहानैदेखि जारी केन्द्रीय सचिवालयको बैठकमा सडक आन्दोलनका विषयमा कसरी अगाडि बढ्ने र के गर्ने भन्ने विषयमा छलफल भइरहेको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
‘राष्ट्रघाती संविधान संशोधन प्रस्तावविरुद्ध सडक र सदन चर्काउँदै आएका छौँ’, उनले भने, ‘अब थप आन्दोलन कसरी अगाडि बढाउने भनेर समीक्षा र छलफल भइरहेको छ । केही नयाँ कार्यक्रम आउन सक्छ ।’
एमाले केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले पुसको १८ गते काठमाडौंको खुलामा मञ्चमा हुन लागेको संयुक्त आमसभाको तयारीका विषयमा पनि छलफल हुने बताए ।