एमाले विरुद्ध सरकार र मधेसी मोर्चा एक हुने ।

राजनीति

सत्तासिन दल र मधेसी मोर्चा एमाले विरुद्ध एक ठाउँमा उभिने भएका छन् । ब्यवस्थापिका संसदमा दर्ता भएको संविधान संसोधन विधेयकका विषयमा सत्तासिन दलले मधेसी मोर्चासँग आज छलफल गर्दैछन् ।

आजको छलफलबाट संसविधान संसोधन र चुनावका विषयमा साझा धारणा बनाउने तयारी छ । संसदमाएमाले विरुद्ध एक ठाउँमा उभिएर जानेगरि छलफल बोलाइएको एक नेताले बताए ।सभामुख ओनसरी घर्तीको आह्वानमा हिजो भएको छलफलमा सहमति नजुटेपछि आज सत्तापक्षले मोर्चासँग छलफल गर्न लागेको हो ।

दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा संसोधनमा मोर्चाले खोजेको परिमार्जन, एमालेले गरेको संसोधन अवरोधकाबीचमा कसरी अघि बढ्ने भन्नेमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानिय चुनावका वारेमा मोर्चाको प्रतिवद्धता खोज्नुहुने उनको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न चार बुँदे प्रस्ताव अघि सारेको छ ।

स्थानीय निकायको निर्वाचन तत्काल घोषणा, निर्वाचनका लागि विचाराधीन विधेयक पारित, व्यवस्थापिका–संसद्को अवरुद्ध बैठक तत्काल सञ्चालन र निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने प्रस्ताव अघि बढाएको हो ।

Post Comment