१४,पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा जान संविधान संशोधन हुनुपर्ने शर्त अघि सारेको छ ।
विहिबार विजुलीबजारस्थित तमलोपा कार्यालयमा बसेको मोर्चाको बैठकले संविधान कार्यान्वयनका लागि पनि संशोधन गर्नुपर्ने निर्णय गरेको हो ।
तमलोपा उपाध्यक्ष व्रिखेशचन्द्र लालले बैठकमा पछिल्लो राजनीतिक परिस्थती र संविधान कार्यान्वयनका विषयमा छलफल भएको बताए । ‘छलफल जारी छ,’ उनले भने– ‘मोर्चाको आधिकारिक निर्णय भोलि दिउँसो १ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरौं ।’
पत्रकाहरुसँग कुरा गर्दै उनले संविधान कार्यान्वयन होस् भन्ने चाहना हुँदाहुँदै हामीलाई बाहिर राख्दा अहिलेको अवस्था आएको बताए । ‘संविधान कार्यान्वयन गर्ने हो भने संशोधन गर्नुपर्छ,’ उनले भने– ‘संशोधन नगरी निर्वाचनमा जानुहुन्न् त्यसले द्वन्द्व निम्त्याउँछ ।’
संविधान संशोधन गरे मधेसी मोर्चा पनि चुनावमा जान तयार रहेको उनले बताए । ‘स्थानीय तह निर्धारण (पुनर्संरचना) आयोगको प्रतिवेदन अधुरो छ । क्षेत्राधिकार ठिक छैन् । आयोगलेले दिएको प्रतिवेदन हामीलाई मान्य छैन्’, उनले भने ।
निर्वाचन गर्ने कुरालाई लिएर संशोधनसँग जोडेर केहीले विवाद र अराजकता मच्चाउन खोजेको उनको आरोप छ ।
बैठकमा उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, मनीष सूमन, केशव झा लगायतका नेता सहभागी थिए ।