एमालेले के भन्छ त्यो हाम्रो मतलवको विषय होईन:-नेता कर्ण

राजनीति

माघ,४ । मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन विद्येयक पारित नभएसम्म मोर्चाले कुनैपनि निकायको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

कर्णले भने, ‘संसदमा टेबुल भएको संशोधन विद्येयक पारित नभएसम्म हामी कुनैपनि निर्वाचन हुन दिँदैनौं ।’ यद्धपी उनले आफूहरु चुनावको विरोधी नभएको स्पष्ट पारे ।

नेता कर्णले भने, ‘मोर्चा लोकतान्त्रिक पार्टी भएकोले हामी चुनावको विरोधी होईैनौं, हामी पनि चुनाव चाहन्छौं, चुनाव भएर संविधान कार्यान्वयन होस् भन्ने चाहन्छौं, तर त्यो भन्दा पहिले संशोधन विद्येयक पारित हुनुपर्छ ।’

उनले अहिले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन एमालेको अवधारणाको प्रतिवेदन भएकोले त्यसलाई आफूहरुले कुनै हालतमा नमान्ने समेत चेतावनी दिए। उनले भने, ‘जनताको सेवा घरभित्र पुर्याउनको लागि हो नि संघीयता भनेको त, तर यहाँ खोई कहाँ त्यस्तो भएको छ र? प्रतिनिधित्वको व्यवस्था हेर्नुहोस् त विभेदकारी छैन र ?’
एमालेले त अहिले संविधान संशोधन विद्येयकलाई थाँती राखेर चुनावमा जानुपर्छ भनेको छ नि भन्ने प्रश्न उनले भने, ‘एमालेले के भन्छ त्यो हाम्रो मतलवको विषय होईन, एमालेले भनेको मान्ने भए हामी एमाले पार्टीमै हुन्थ्यौं नि, किन मधेशी मोर्चा हुन्थ्यो र ?’

कर्णले एमालेले नेपालमा शान्ति चाहेको हो भने आफूहरुले उठाएको कुरा मान्नुपर्ने जिकिर गरे ।

Post Comment