अंगीकृत नागरिक भनिएका महतोलाई पूर्वप्रधानसेनापतिले सातो लिए !

राजनीति

४,माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विहे समारोहमा सद्भावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतो र पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालबीच घोचपेच घोचपेच भएको छ ।

समारोहमा कटवालले महतोलाई ‘नेपालको नेता हुने प्रयास गर्नुस्’ भनेर उनको सातो नै लिए । जवाफमा महतोले ‘नेपालकै नेता हुने कोसिस त गरिराखेकै हो तर दिएनन्’ भनेका थिए ।

त्यसपछि ‘कटवालले ‘नेपाली जनताले भोट दिएर जिताएका त हुन् नि, होइन र’ भन्दै महतोलाई नजवाफ बनाए । पूर्वप्रधानसेनापति कटवालले भारततिर बढि झुकेपछि महतोलाई नेपालको नेता बन भनेर सुझाव दिनुका साथै सातो लिएका हुन् ।

अंगीकृत नागरिकता लिएको भनिएका महतोले बेला भारतको पक्षपोषण गर्दै आएपछि कटवालले भारत होइन् नेपालको नेता बन्न भनेको विश्लेषकहरुको भनाई छ ।

Post Comment