मधेश पुगेर महतोले दिए यस्तो चेतावनी

राजनीति

धनुषा, ६ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना सरकारले चुनाव गराउन खोजे आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानको विरोध मधेसी जनताले गरेको बेलामा चुनाव गराउन खोजे मधेसी जनता निर्वाचनमा सहभागी नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – “संविधान संशोधनबिना चुनावको कल्पना नगरे पनि हुन्छ ।”

Post Comment