राष्ट्रियता र समृद्धिको कुरामा एमाले धारिलो देखियो :- माओवादी नेता गजुरेल

राजनीति

बर्दिवास, ७ माघ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता वा कार्यगत एकता तत्काल सम्भव नभएको बताउनु भएको छ ।

नेता गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले १० वर्षे जनयुद्धका उपलब्धि संस्थागत गर्ने पहलकदमी छाडेकाले तत्काल पार्टी एकता वा कार्यगत एकताको सम्भावना नरहेको बताउनुभयो ।

नाउँ कम्युनिष्ट पार्टी नै राखिएको भएपनि नेकपा (माओवादी केन्द्र) अब एमालेजस्तै संसदीय पार्टी बनेको नेता गजुरेलको भनाइ छ । कम्युनिष्ट पार्टी गठन र सञ्चालन एबम् सैद्धान्तिक सवालमा प्रचण्ड र एमालेमा अब केही फरक नरहेको नेता गजुरेलले बताउनुभयो । बरु नेपाली राष्ट्रियताको सवाल र मुलुकको समृद्धिको कुरामा एमाले स्पष्ट र धारिलो देखिएको नेता गजुरेलको टिप्पणी थियो ।

Post Comment