७ माघ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता मुरलीमोहन जोशी विहिबार काठमाडौं आइपुगेका छन् ।
नेपालमा संविधान संशोधनको बहसले राजनीति गर्माइरहेका बेला जोशी नेताहरुसँग भेट्ने उद्देश्यका साथ नेपाल आएका हुन् ।
भाजपाका पूर्व अध्यक्ष समेत रहेका नेता जोशीले दुई दिने काठमाडौंको बसाईका क्रममा विभिन्न दलका शीर्ष नेताहरुलाई भेट्नुका साथै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ ।
संविधान संशोधनको पक्ष र विपक्षमा दलहरु रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपत्र नेपाल आउनुलाई महत्वका साथ हेरिएको छ ।