अखिल म्याग्दीको अध्यक्षमा विश्वकर्मा

राजनीति

म्याग्दी, ८ माघ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु, म्याग्दीको अध्यक्षमा सुवास विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

अनेरास्ववियु म्याग्दीको आज बिहान बेनीमा सम्पन्न १९ आँै जिल्ला अधिवेशनबाट विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा ३७ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा ईश्वर सुवेदी, सचिव सावित्री केसी, कोषाध्यक्षमा दर्पण रोकामगर, सहसचिवमा जनक सोनाम, योगेन्द्र घर्तीमगर, आसिका मल्ल निर्वाचित हुनुभएको अनेरास्ववियु म्याग्दीका निवर्तमान अध्यक्ष समेत रहनुभएका केन्द्रीय सदस्य प्रकाश पौडेलले जानकारी दिनुभयो ।

अधिवेशनको शुक्रबार नेकपा (एमाले)का केन्द्रीय सचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।

Post Comment