‘संसोधन नभई निर्वाचन हुन्न, हामी निर्वाचनमा नजाने’

राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सयुक्त बैठकका मोर्चाका नेतालाई तीन प्रश्न सोधे । प्रधानमन्त्रीले प्रश्न गर्ने वित्तिकै मोर्चाका नेताले जवाफ दिन खोजेका थिए । प्रधानमन्त्रीले तत्काल कुरा काटे आउने वैठकमा प्रश्न जवाफ लिएर आउनुहोला । उनाके आशय छलफललाई थप समय दिनुथियो । तर, मोर्चाका नेताहरुले प्रधानमन्त्रीा प्रश्नको रेडिमेट उत्तर तयार गरिसकेका छन् । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीका प्रश्नको उत्तर दिन मोर्चाले छलफल गरिरहनु नपर्ने बताए ।

प्रधानमन्त्रीले चुनावको मिति घोषणामा असहमति जनाइरहेको मोर्चासँग दाहालले अब निर्वाचनमा जाने कुरालाई रोक्न नसकिने उल्लेख गर्दै चुनावमा कसरी जाँदा सजिलो हुन्छ भन्नेबारे स्पष्ट जवाफ दिन भनेका हुन् । चुनावका विषयमा मोर्चाका नेताहरूले प्रधानमन्त्रीको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै सदभावना पार्टीका अध्यक्ष महतोले प्रधानमन्त्रीका तीन प्रश्नको जवाफ दिए ।

उनले भने ‘संसोधन नभई निर्वाचन हुन्न, हामी निर्वाचनमा नजाने । परिमार्जनसहितको संसोधन आबश्यक छ । तत्काल त्यसमा कदम चाल्नुपर्छ । राज्यपुनर्संरचना आयोगको प्रतिवेदन विभेदकारी छ । यो प्रतिवेदनका आधारमा निर्वाचन हुन सक्दैन । तत्काल परिमार्जन गर्नुपर्छ । ’ महतोले ५१ प्रतिशत जनसंख्या भएको मधेसले पाएको संख्या न्यायसंगत नभएको बताए । ‘जनसंख्याका आधारमा पुनर्संरचना हुनुपर्छ ’ उनले भने, ‘जवाफ हामीले होइन सरकारले दिनुपर्छ । ’

Post Comment