भारतले अनाबश्यक रुची नदेखाउने हो भने समस्या समाधान हुन्छ:-नेता श्रेष्ठ

राजनीति

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतले चासो देखाएका कारण समस्या झन जटिल बनेको बताएका छन् । उनले भारतले नेपालको राजनीति समूस्यामा अनाबश्यक चासो देखाएको आरोप लगाए । नेपाली रेडियो नेवटर्कको नेपाली बहसमा कुराकानी गर्दै माओवादी केन्द्रका नेता श्रेष्ठले भारतले संविधान संसोधनमा अनाबश्यक चासो नराख्ने हो भने समस्या सहजिलै समाधान हुने दावी गरे ।

उनले मधेसी मोर्चाभित्र देखिएको केही हठ र भारतको रुची अवरोध भएको बताए । संविधान संसोधन भारतको एजेण्डा हो त ? भन्ने ऋषि धमलाको प्रश्नमा श्रेष्ठले भने, ‘त्यो म भन्दिन तर यति चै सत्य हो भारतले अनाबश्यक रुची नदेखाउने हो भने समस्या समाधान भइसकेको हुन्थ्यो । ’ श्रेष्ठले राजनीतिक दलभित्रका अतिवादहरु सबैले त्याग्नुपर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाबीच केही विषयमा सहमत भइसकेको उनले बताए ।

केही प्राविधिक विषय वाहेक अरु कुरा अहिलेको शक्ति सन्तुलनमा सम्भव नभएको पनि श्रेष्ठले बताए । अबको एक दुई दिनमा अब प्रधानमन्त्रीले चुनाव घोषणा गर्नेमा आफु विश्वस्थ रहेको पनि उनले बताए । ‘मलाई विश्वास छ एक दुईदिनमा प्रधानमन्त्रीले चुनावको मिति घोषणा गर्नुहुनेछ तर यसअघि बचन पुरा नभएकाले ठ्याक्कै मिति भन्न सकिएन । ’

Post Comment