‘जसलेपनि, जहिलेपनि, जे विषयमा पनि संशोधन गर्न खोजेर हुन्न’:-नेता खनाल

राजनीति

काठमाडौं । नेकपा एमालेले सरकारले स्थानियतहको चुनावका लागि समय निर्धारण गरेको स्वागत गरेको छ । लिखितपत्र पठाउने निर्णले वाताबरण बन्ने एमालेले विश्वास लिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ढिलै भएपनि एउटा राम्रो काम गरेको र चुनावका लागि अब बाताबरण बन्ने बताए । नेपाली रेडियाृे नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै एमाले बरिष्ठ नेता खनालले अब ढिला नगरि अरु बाँकी रहेका कामपनि सरकारले पुरा गर्नुपर्छ । उनले संविधान संशोधन भने अहिले हुन नसक्ने बताए । अहिले संसोधन भन्दा भन्दा पनि कार्यन्वयनमा जोड दिनुपर्ने उनको तर्क छ ।

यतिबेला राष्ट्रको मुल एजेण्डा चुनाव र संविधान कार्यन्वयनको भएको उनले बताए । एमाले चुनावका विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

“अहिले संविधानको कार्यन्वयन गर्ने समय हो” नेता खनालले भने “सविधान कार्यन्वयन गर्न छोडेर देशलाई अग्रगतिमा लैजान हुन्न ।” सविधान संशोधनको प्रस्तावले राष्ट्रलाई हिंसा, झगडा र असान्ततर्फ धकेलिरहेको उनको दावि छ।

नेता खनालले सबै चुनाव सकिएपछि भने संविधान संशोधन हुने बताए । ‘जसलेपनि, जहिलेपनि, जे विषयमा पनि संशोधन गर्न खोजेर हुन्न’ खनालले भने, ‘समय आएपछि संविधान संसोधन हुन्छ अहिले पेश गरेको प्रस्तावको औचित्य छैन ।’

Post Comment