‘हामी कुनै हालतमा पनि निर्वाचन गर्न दिँदैनौं’:-संयोजक यादव

राजनीति

काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मधेशको समाधान गर्न नसक्ने आरोप लगाएका छन्।

हालै सरकारले स्थानीय तहको चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै यादवले यस्तो आरोप लगाएका हुन्।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा यादवले भने,‘अब प्रचण्डले मधेशको समाधान गर्न सक्दैनन्, असफल भैसके।’ यद्धपी यादवले मधेशी मोर्चाको माँग पूरा नगरी गर्न लागिएको निर्वाचन कुनै हालतमा पनि सफल हुन नदिने चेतावनी दिए।

उनले भने,‘जबरजस्ती निर्वाचन गर्छु भनेरमात्रै हुँदैन्, हामी कुनै हालतमा पनि निर्वाचन गर्न दिँदैनौं।’मधेसी मोर्चा असन्तुष्ट देखिएको छ । उसले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने अडान दोर्होयाएको छ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले स्थानीय तहको चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेपछि यादव लगायतका मोर्चाका शीर्ष नेताहरु नै असन्तुष्ट बनेका हुन्।

Post Comment