काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट फिर्ता हुने भएको छ । सरकारका कामकारवाही चिक्त नबुझेको र संविधान संसोधनले राष्ट्रियता कमजोर बनाउने निस्कर्षसहित राप्रपा सरकारबाट बाहिरने छलफलमा लागेको छ । राप्रपाका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्दै लोहनीले प्रधानमन्त्रीका काम गराईले वर्तमान सरकारको औचित्य समाप्त भएको बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषिधमलासँग् कुराकानी गर्दै उनले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने विषयमा छलफल सुरु भएको बताए । केहीदिनमा बस्ने कार्यसम्पादन समितिो बैठकले त्यसको निर्णय गर्ने पनि उनले जानकारी दिए ।
उनले पुष्पकमल दाहालको नेतृ्त्वमा ६ महिनाअघि गठन भएको वर्तमान सरकारले संविधान कार्यान्वयनमा एक पाइला पनि अघि नबढेको, मधेसवादी दलहरुले उठाएका मागहरु पूरा गर्न नसकेको र निर्वाचनको वातावरण पनि बनाउन नसकेकाले त्यसको औचित्यका विषयमा पनि छलफल हुने बताए । धमलाको प्रश्नमा उनले भने ‘सरकारबाट फिर्ता हुने निर्णय मैले एक्लैले गर्ने होइन हामी छलफलमा छौ के गर्ने भन्नेमा केहीदिनमा त्यसको निर्णय हुन्छ ।
सरकारले निर्वाचन तयारी गर्न निर्वाचन आयोगलाई लेखेको पत्र सकारात्मक भए पनि प्रचण्डका अभिव्यक्तिले शंका बढाएको बताए । ‘स्थानीय निकायको हो कि, स्थानीय तहको निर्वाचन त्यो नतोकिएको र मिति पनि किटान नगरेकाले यो अपूरो र विरोधाभासपूर्ण रहेको छ ।’
लोहनीले भने । सरकार निर्वाचन गर्नेतर्फ अग्रसर नै नभएको उनले आरोप लगाए । ‘
लोहनीले सरकारले प्रस्ताव गरेको संसोधनमा राप्रपा विपक्षमा उभिने बताए । संसदमा टेवुल भएको संविधान संसोधन विधयेकमा समर्थन गर्न नसकिले उनले बताए ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषी धमला संग कुरा गर्दै लोहनीले संविधान संसोधन विधयेक राष्ट्रको हित विपरीत भएकाले राप्रपाले त्यसको विरोध गरेको बताए ।
देशको निकासका लागि भन्दै प्रधानमन्त्री दाहालले जे पायो त्यहि गर्दै हिडेको नेता लोहनीको आरोप छ ।