काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पृथकतावादी अभियन्ता सीके राउतलाई पक्राउ गर्दै समस्या समाधान नहुने प्रतिक्रिया दिएका छन् ।
ठाकुरले सीके राउत गिरफ्तारीको विरोध गरेका हुन् ।
हालै सरकारले सीके राउतलाई गरेको गिरफ्तारीको बारेमा तपाईको भनाई के छ भन्ने प्रश्नमा उनले भने, ‘गिरफ्तारी र हत्या गरेर मधेसको समस्या समाधान हुँदैन् ।’
राज्यले जनताका जायज मागलाई हिंसाद्धारा दबाउँदै आइरहेको आरोप लगाउँदै ठाकुरले भने– ‘राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै हल गर्नुपर्छ, संवैधानिक समस्याको समाधानपनि संवैधानिक रुपमै गर्नुपर्छ, अहिलेको समस्या पनि राजनीतिक हो, त्यसैले यसको समाधान राजनैतिक रुपमै हुनुपर्छ ।’