मधेसमा एमाले सफाई गर्छु भन्ने लाई फाल्गुन २१ मा देखाईदिन्छौं :-एमाले अध्यक्ष ओली

राजनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले हुनै नसक्ने संविधान संशोधनको एजेण्डा बोकेर समय बर्वाद गरिरहेको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले प्रचण्ड–नेतृत्वको वर्तमान सरकारले चुनावै नचाहेको आरोप लगाउँदै बारम्बार हुनै नसक्ने संशोधनको कुरा मात्रै गर्ने गरेको जिकिर गरे। उनले आफूहरुले राष्ट्रियताको पक्षमा बोल्दा केहि व्यक्तिहरु एमाले भारतविरुद्ध लाग्यो भन्न लैनचौर जाने गरेको जनाए।

त्यस्तै फरक प्रसँगमा उनले तराईमा एमाले कमजोर रहेको भनि हल्ला गर्नेहरुलाई फागुन २१ गते देखाइदिने समेत चेतावनी दिए।

Post Comment