राप्रपा अध्यक्ष बने गुण्डा नाइके मनाङे !

राजनीति

काठमाडौं । राप्रपामा प्रवेश गरेका गुण्डा नाइके दीपक मनाङे राप्रपा मनाङ जिल्लाको अध्यक्ष बनेका छन् ।
मंगलबार भएको जिल्ला अधिवेशनबाट मनाङे राप्रपाको जिल्ला अध्यक्ष चयन भएका हुन् । स्मरण रहोस् अधिवेशन मनाङमा नभएर काठमाडौंमै भएको हो ।

ठमेल क्षेत्रलाई आधार ईलाका बनाएर गुण्डागर्दी गर्दै आएका मनाङका उनी दर्जनौ पटक जेल परिसकेका छन् ।
गत असार १७ गते काठमाडौं प्रहरीले संगठीत अपराध मुद्दामा पक्राउ गरेर मनाङेमाथि ६० दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । केही समय पुर्पक्षका लागी डिल्लीबजार कारगारमा थुनिएका मनाङे तिहारअघि छुटेका थिए ।
उनको अकुत सम्पत्ति बारेको मुद्दा समेत विशेष अदालतमा चलिरहेको छ ।
पुस २८ गते राजधानीको नयाँ बजार स्थित सम्राट पार्टी प्यालेसमा अयोजित कार्यक्रममार्फत उनलाई राप्रपाका अध्यक्ष थापाले पार्टी प्रवेश गराएका थिए ।
उनी राप्रपा मनाङको अध्यक्ष बनेसँगै राप्रपामा असन्तुष्टि बढेको बताइन्छ ।
राप्रपाले मंगलबार ७४ जिल्लाको अधिवेशन गरेको थियो भने २९ जिल्लामा सहमतिबाट र ४५ जिल्लामा निर्वाचन भएको थियो । बारा जिल्लामा मात्रै अधिवेशन हुन बाँकी छ ।

Post Comment