इलाम । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले विदेशीको इशारामा निर्वाचनको मितिलाई पर धकेलिरहनुभएको आरोप लगाउनुभएको छ ।
उहाँले भन्नुभयो – “पहाड र हिमालबाट तराईलाई अलग्याउनु उपयुक्त होइन ।”
वरिष्ठ नेता खनालले “अहिलेसम्म हिमाल, पहाड र तराईवासी सबै मिलेर बसेका छन् तर सरकारले तराईलाई अलग्याने खेलमा लागेका छन्, यो कदापि पूरा हुने छैन्, यो नेपाली जनताको हित प्रतिकूल हुनेछ भन्नुभयो ।”
निर्वाचन मिति घोषणा गर्न अलमल गर्दै सरकार अघि बढ्छ भने एमालेले देशव्यापी रूपमा आन्दोलन गरेर देशमा चुनाव गराएरै छाड्ने बताउँदै उहाँले भारतले इलामको पशुपतिनगगर क्षेत्रमा दशगजा मिचेर निर्माणकार्य जारी राखेकाले त्यसलाई तत्काल रोक्न मागसमेत गर्नुभयो ।
वरिष्ठ नेता खनालले संविधान संशोधन प्रस्ताव ‘बेमौसमको बाजा’ मात्रै हो भन्दै यो प्रस्तावलाई कुनैपनि हालतमा पास हुन नदिने बताउनुभयो ।