देउवासँग कांग्रेस नेताहरु रुष्ट

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले मधेस समस्या समाधानसहित संविधान कार्यान्वयनका लागि पार्टीले राजनीतिक अगुवाइ गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । २००७ सालको राजनीतिक परिवर्तनपछि संविधानसभाबाट नयाँ संविधान निर्माण जारी गर्नेसम्म कांग्रेसले नेतृत्व गरेपनि त्यसपछि मुलुकको संकट समाधानका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसकेको नेताहरुको ठहर छ ।

व्यक्तिगत स्वार्थ हाबी हुँदा १३ औं महाधिवेशन भएको एक वर्ष बित्न लाग्दा पनि पार्टी पदाधिकारी र निकाय गठन नहुँदा संगठनसमेत कमजोर बन्न पुगेको नेताहरुको आरोप छ । नेता कुलबहादुर गुरुङले पार्टी आफ्नो विचार र सिद्धान्तबाट विचलित हुँदै गएको आरोप लगाए । कांग्रेसमा मुलुक र पार्टीभन्दा व्यक्तिगत स्वार्थ बलियो भएको सुनाउँदै गुरुङले भने,‘कांग्रेसप्रतिको समर्पण कसैमा नहुँदा पार्टीको ठाउँ अरुले ओगटिसके ।’ आजको नागरिक दैनिकमा खबर छ ।

Post Comment