आफैले सुरु गरेको जनयुद्ध २२अ‍ौं बर्ष पुग्दा बाबुरामले मनाएनन्,अलग अलग कार्यक्रम

राजनीति

काठमाडौं । २२औं जनयुद्ध दिवस माओवादीले अलग अलग मनाउँदैछन् । माओवादी युद्ध हुँदै शान्ति प्रक्रियामा आइपुग्दा आधा दर्जनमा विभाजित भएका माओवादीहरुबीच एकता प्रक्रिया अघि बढेपनि अझै एक हुन सकेका छैनन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच पार्टी, नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा (माओवादी)ले आज फरक फरक जनयुद्ध दिवस मनाउँदैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागितामा दिउँसो १ बजे पार्टी कार्यालउ काटेश्वर पेरिसडाडामा कार्यक्रम गर्दैछ । माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा करीव १४ हजार नेपालीले ज्यान गुमाएका थिए । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । नयाँ शक्ति खोलेर अलग भएका बाबुराम भट्टराइले भने कुनै कार्यक्रम राखेका छैनन । उनी दिवस मनउने तयारीमा छैनन ।

Post Comment