नेपाली जनयुद्ध विश्वकै मौलिक क्रान्ति:-प्रचण्ड

राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणपन्थी र बामपन्थी अतिवादी प्रवत्तिलाई सधैं सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्ने गरेको बताएका छन्।

आइतबार दिउँसो माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको २२ औं जनयुद्ध दिवस कार्यक्रममा बोल्दै प्रचण्डले भने,‘अतिवादले जहिले पनि जनताको मनोविज्ञानमा खेल्ने प्रयास गर्छ, समाजको वस्तुगत धरातल नाघेर अतिवादले जहिले पनि दायाँ वा बायाँ बाटो हिड्न खोज्छ,. उनीहरुको नियत जे–सुकै होस्, अन्ततः त्यसलाई सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्छ र क्रान्तिकारी कम्य’निष्ट आन्दोलनका विरुद्ध परिचालन गर्छ।’

नेपाली जनयुद्ध विश्व क्रान्तिकै लागि मौलिक भएकोमा जोड दिँदै प्रचण्डले भने, ‘नेपालको जनयुद्ध अरु देशको भन्दा मौलिक छ, हामीले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गको पहिचान र अधिकारको पक्षमा लड्यौं, राष्ट्रिय एकताका निम्ति संघर्षमा होमियौं, जनयुद्धकै बलमा उत्पीडितहरु राज्यसत्ताको अग्रभागमा आए, संघीयता, गणतन्त्र, धर्म्निरपेक्षता, सामाजिक न्याय, समावेशी–समान’पातिक जस्ता अधिकार जनय’द्धकै बलमा संस्थागत भए, अहिले हामीले गरेको प्रयोग विश्वकै निम्ति मौलिक हो। यसलाई हामीले वैचारिक संश्लेषण गरेर विश्वस्तरमा नेपाली जनयुद्धको सन्देश प्रवाह गर्नुपर्छ।’

राजनीतिक परिस्थितिबारे बोल्दै प्रचण्डले भने, ‘अहिलेको संविधानमा जनयुद्धको छाप छ, संविधान कार्यान्वयन यतिबेला माओवादीकै कार्यभार भएर आएको छ, एकथरि मान्छेहरु राष्ट्रवादका नाममा अतिवादको वकालत गरिरहेका छन्, संघीयता, गणतन्त्र, धर्म्निरपेक्षताजस्ता उपलब्धि उल्टाउने कोशिस ह’ुदैछ, तर, त्यो त्यति सजिलो छैन, सरकार जुनसुकै हालतमा निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्न प्रतिवद्ध छ . अब म’ल“कमा निर्वाचन ह’न्छ र संविधान कार्यान्वयन सहज बाटोमा अघि बढ्छ।’

Post Comment