काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल एमालेले आफ्नो स्थायी समितिको बैठक बोलाएको छ ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा अरान्ह १ बजेपछि बस्ने स्थायी समिति बैठकमा अहिलेको राजनीतिक घटना क्रम, निर्वाचन, मेची–महाकाली अभियान, संगठन, संविधान संशोधन, दलहरूसँग भइरहेका सम्वाद आदिका विषयमा परामर्श हुने स्रोतले जनाएको छ ।
विभिन्न दलहरूसँग दोस्रो तहका नेताहरूमार्फत सम्वाद गरिरहेको एमालेले स्थानीय निर्वाचनको मिति घोषणा गर्न सरकारदाई दबाब दिँदै आएको छ । उसले छिटोभन्दा छिटो निर्वाचनको मिति घोषणा गरेर संविधानको कार्यान्वयन माग गर्दै आएको छ ।
स्थायी समिति बैठकमा वरीयता मिचेर नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा पनि छलफल गर्न सक्ने स्रोतले जनाएको छ ।