स्वबियु निर्वाचन बारे देउवा प्रचण्ड र ओलीले गरे सहमति

राजनीति

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव क्याम्पसमा पढ्ने विद्यार्थीहरको हो । नयाँ नियमावली अनुसार २८ बर्ष भन्दा कम उमेरका क्याम्पस पढ्ने विद्यार्थीहरुका लागि प्रतिस्पर्धाको विषय बनेको छ । तर त्यसको टाउको दुखाई प्रमुख दलका प्रमुख नेताहरुको बनेको छ । विद्यार्थी संगठनबीचको विवाद बढ्दै गएपछि प्रमुख तीनदलका शीर्ष नेताले तोकिएकै मितिमा चुनाव गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फागुन १४ मानै स्ववियु चुनाव गर्ने सहमति भएको छ । चुनावका लागि आवश्यक वातावरण बनाउन पार्टीका विद्यार्थी इन्चार्जलाई निर्देशन समेत दिएका छन् । प्रमुख दलका नेताहरुको निर्देशनमा छलफल भएको थियो ।

काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश क्याम्पसमा चुनावसँग जोडिएका विषयमा तनाव रहेको छ । विश्वविद्यालयका पदाधिकारीको गाडी जलाउने, निर्वाचन अधिकारी अपहरण गर्नेसम्मका घटना बाहिर आएका छन् । विकांग्रेस निकट नेविसंघले २८ बर्षे उमेर हदबन्दी खारेजीको माग गर्दै क्याम्पसमा तालाबन्दी गरेको छ । नेत्रबिक्रम चन्द नेतृत्वको विद्यार्थी संगठनले निर्वाचनको मिति सार्नु पर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा बिहान भएको प्रमुख दलका नेताहरुको वैठकले क्याम्पसमा लगाएको ताला तत्काल खोल्ने र तोकिएकै मितिमा चुनाव गर्ने सहमति भएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

स्ववियु निर्वाचनको सम्बन्धमा आक्रमणका समेत घटना हुनसक्ने देखिएप्छि सरकारले सुरक्षा ब्यवस्था कडा पार्ने भएको छ । हरेक क्याम्पस अगाडी सुरक्षा फौज तैनाथ गर्ने, मुख्य बिद्यार्थी संगठनका अध्यक्ष, त्रिभुवन विश्वबिद्यालयका उपकुलपति, रजिष्टार लगायतको सुरक्षामा विषेश ध्यान दिने सरकारले तयारी गरेकोछ छ ।

प्रधानमन्त्री प्रचण्डले पनि सुरक्षामा आश्वस्थ रहन विश्वविद्यालयका अधिकारीहरुलाई आग्रह गरेका छन् । आबश्यक परे सुरक्षाको माग गर्न पनि भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुरक्षाका विषयमा आजै क्याम्पसका प्रमुख, केन्द्रीय निर्वाचन समितिका पदाधिकारी, आन्दोलनरत संगठनका प्रतिनिधिसँगै गृहमन्त्री निधीले छलफल गर्दैछन् ।

Post Comment