काठमाडौं, ४ फागुन । स्वास्थ्यमन्त्री गगन थापाको प्रस्ताव नेपाली सेनाले अस्वीकार गरेको छ ।
केही दिनअघि मन्त्री थापाले वीरेन्द्र सैनिक अस्पताल सर्वसाधारणका लागि खुलाउने घोषणा गरेका थिए । र, यो प्रस्ताव सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डा पठाएका थिए ।
तर, जवाफमा जंगी अड्डाले सुरक्षा चुनौति, भौतिक संरचना र जनशक्तिजस्ता कारण देखाउँदै अस्पताल सिधै खुलाउन नसकिने भनेको हो ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सेनाले दियो विकल्प
यसैबीच वीरेन्द्र सैनिक अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्रालयको प्रस्तावको विकल्पमा जंगी अड्डाले काउन्टर प्रस्ताव गरेको छ । सैनिक स्रोतका अनुसार सेनाले ‘मोबाइल हस्पिटल (स्वास्थ्य शिविर) सञ्चालन गर्ने भए सहयोग गर्न सकिने विकल्प स्वास्थ्य मन्त्रालयलाई दिएको हो ।
यसअघि फागुन १३ गते शिवरात्रीको दिनदेखि सर्वसाधारणले दिउँसो साढे ३ बजेदेखि ५ बजेसम्म सैनिक अतालमा बहिरंग सेवा पाउने समाचार आएको थियो । साथै काठमाडौं बाहिर सेना कार्यरत २४ स्थानमा भएका चिकित्सकमार्फत सर्वसाधारणलाई बहिरंग सेवा उपलब्ध गराउन सेना तयार भएको बताइएको थियो ।
सैनिक स्रोतका अनुसार अब स्वास्थ्य मन्त्रालय सेनाले दिएको मोबाइल हस्पिटल विकल्पबाटै सेवा सुरु गर्ने निष्कर्षमा पुगेको छ ।