काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फेरि सर्ने भएको छ । फागुन १४ गते हुने भनिएको निर्वाचन अब १९ गते हुनेछ ।
विहीबार विहान प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुबीच बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।
यसअघि बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले कुनै हालतमा फागुन १४ मै स्ववियु निर्वाचन गर्नुपर्ने निर्णय गरेको थियो । तर, यो निर्णय एक रातमै फेरिएको छ ।
मिति सार्ने सहमतिसँगै अब विप्लव माओवादी निकट विद्यार्थी संगठनले पनि निर्वाचनमा भाग लिने भएको छ ।