काठमाण्डौं भारतिय नेताले खुलमखुल्ला भने :-संबिद्यानमा सामित्व हुनुपर्छ

काठमाण्डौं भारतिय नेताले खुलमखुल्ला भने :-संबिद्यानमा सामित्व हुनुपर्छ
राजनीति

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्वमन्त्री अखिलेश प्रसाद सिंहले नेपालको संविधानमा मधेसलाई पनि समेट्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा शुभकामना मन्तव्य दिन काठमाडौं आइपुगेका सिंहले शुक्रबार दिउँसो भृकुटीमण्डपमा आयोजित समारोहमा शुभकामना मन्तव्य दिँदै नेपालको संविधानमा सबैको प्रतिनिधित्व हुन आवश्यक रहेको बताए ।

नेपाल भारत सम्बन्ध रोटीबेटीको सम्बन्ध भन्दै उनले भने– ‘संविधानमा मधेसका मुद्दा सम्बोधन हुनु जरुरी छ । सबैले स्वामित्व लिन सक्ने बन्नुपर्छ ।’

नेपाल र भारतका २४ लाख युवा युवतीबीच विहेवारी भएको तथ्य पेस गर्दै नेता सिंहले दुई देशको सम्बन्ध राजनीतिक मात्र होइन् सांस्कृति र कुटनीतिक रुपले अझै गाढा रहेको बताए ।

‘विश्वमै ज्यादा जल भएको देश विद्युत उत्पादन गरेर समृद्ध बन्न सक्छ’ नेता सिंहले भने– ‘भारत सधै नेपाल समृद्ध भएको हेर्न चाहन्छ ।’

Post Comment