कमल थापाले भने ‘प्रचण्ड जि र राजा मिल्नुपर्यो’

कमल थापाले भने ‘प्रचण्ड जि र राजा मिल्नुपर्यो’
राजनीति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजतन्त्र मिलेर काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रस्ताव राखेका छन् ।

पार्टीको एकता अधिवेशन उदघाटनसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै थापाले प्रचण्डलाई गणतन्त्रवादी नेताको संज्ञा दिए ।
उनले राजतन्त्रसँग मिलेर काम गर्ने सम्भावना रहकाले नझस्कन आग्रह गरे । थापाले प्रचण्डको आमुल परिवर्तनको नारा र आफ्नो परम्परागत मूल्य र मान्यताबीचको मिलन खोज्न भने । अध्यक्ष थापाले प्रचण्डमा मुलुकलाई बलियो बनाउन केही गरौं भन्ने भावना रहेको र उक्त भावना आफूसँग मिल्ने उल्लेख गरे ।
‘२०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बीपी कोइरालाले प्रजातन्त्रवादीहरु पञ्चसँग नझस्क, पञ्चहरु प्रजातन्त्रवादीहरुसँग नतर्स भन्नुभएको थियो’, थापाले भने, ‘म भन्न चाहन्छु, गणतन्त्रवादीहरु राजसंस्थासँग नझस्क, राजसंस्था पक्षधरहरु गणतन्त्रवादीसँग नतर्स ।’
थापाले १० वर्षे जनयुद्धको कमाण्डर प्रचण्डमा विलक्षण प्रतिभा रहेको बताए । प्रचण्डले मुलुकमा धेरै चमत्कार गरेको भन्दै अर्को एउटा चमत्कार आवश्यक रहेमामा जोड दिए ।

Post Comment