‘माओवादी राजनीतिक चरित्र नभएकाहरुको झुन्ड’

‘माओवादी राजनीतिक चरित्र नभएकाहरुको झुन्ड’
राजनीति

धरान । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारीले सत्तारुढ नेपाली कांग्रेस भारतको निर्देशनमा चलेको आरोप लगाएका छन् ।

पहारीले संस्थापक नेता विपी कोइरालाले प्रतिपादन गरेको समाजवादलाई कांग्रेसले भारतीयहरुको साउथ ब्लकमा बुझाएको टिप्पणी गरे ।

नेपालमा तीन खालका अतिवादीहरु रहेको भन्दै अध्यक्ष पहारीले भने– ‘नेपाली कांग्रेसको खोक्रो आदर्श पहिलो अतिवाद हो । नेपालका सार्वजनिक संस्थानलाई निजीकरणको नाममा स्वहा कांग्रेसले नै पारेको हो । यथास्थिती वादको पराकाष्ठा नेपाली कांग्रेस हो ।’

केपी ओली नेतृत्वको सरकारले अगाडी सारेका सम्बृद्धिको अभियानलाई भारतीय रेल चढ्न बानी परेकाहरुले बिरोध गरेको उनको भनाई छ ।

अध्यक्ष पहारीले माओवादी राजनीतिक चरित्र नभएको झुण्ड भएको टिप्पणी गर्दै भने– ‘माओवादीहरु बन मान्छेहरुको र एमाले असल मान्छेहरुको समूह हो ।’

एमाले र माओवादीबीच जीवन र सिद्धान्तलाई हेर्ने दृष्टिकोण फरक रहेकाले एक अर्कामा तुलना हुनैसक्ने उनको धारणा छ ।

Post Comment