काठमाडौं। नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले चुनावको मिति घोषणा गरे नेपालमा भीडन्तको राजनीति सुरु हुने चेतावनी दिए।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै झाले भने,‘चुनावको मिति घोषणा गर्न सरकारले पाउँछ, तर राति गरेपनि हुन्छ, दिउँसो गरेपनि हुन्छ, तर भोलि चुनावको मिति घोषणा हुन्छ भने त्यो नहुने निर्वाचन हो।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले जबरजस्ती चुनावको मिति घोषणा गर्नु भनेको सरकारले भीडन्तको राजनीति निम्त्याउनु भएको टिप्पणी गरे।’
झाले भने,‘जबरजस्ती चुनाव गरिए मधेशी जनतालाई सहिद बनाउने चुनाव हुनेछ, हजारौं मान्छेहरुलाई सहिद बनाउने बाहेक यो निर्वाचनले केही निकास दिँदैन्, हामी बरु सहिद बन्न तयार छौं तर मधेशमा चुनाव हुन दिँदैनौं।’
उनले मधेशको समस्या समाधान नगरी चुनावको मिति घोषणा गरिए काठमाडौं–मधेशको धागो कमजोर हुने बताए। झाले भने,‘अब पनि धोकाधडीको राजनीति लागु नगरौं, जबरजस्ती चुनाव घोषणा गरिए भीडन्तबाहेक केहप्ी हुँदैन्।’