थापाको कब्जामा राप्रपा ,लोहनी र राणा निरीह

थापाको कब्जामा राप्रपा ,लोहनी र राणा निरीह
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी थापाहरुको कब्जामा जाने भएको छ । कमल थापा र सुनीले थापका सहकार्यले राप्रपा थापाको कब्जामा जाने देखिएको छ । अध्यक्षमा कमल थापा पक्का जस्तै भएका छन् सुनिल थापालाई पहिलो नम्बरो बरिष्ठ उपाध्यक्ष बनाउने तयारी छ । पशुपति समेशर राणा र डा प्रकाशचन्द्र लोहनी दुई थापाको सहकार्यले शसंकित देखिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । अध्यक्षमा दाबी गरिरहेका डा. प्रकाशचन्द्र लोहनीले अन्तिममा उम्मेदवारी फिर्ता लिएपनि अध्यक्षमा थापा विरुद्ध प्रदीपविक्रम राणाले उम्मेदवारी दिएका छन् । गत बुधबार लोकेन्द्रबहादुर चन्दको निवासमा थापा, लोहनी, पशुपतिशमशेर राणाबीच थापालाई नै सर्वसम्मत अध्यक्ष मान्ने सहमति भएको थियो । तर, भोलिपल्टै लोहनीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए ।

थापाविरुद्ध उम्मेदवारी दिने राणा को हुन् ?

थापाविरुद्ध उम्मेदवारी दिने राणा काठमाडौं क्षेत्र नम्बर ७ का अध्यक्ष हुन् । लोहनी, राणा पक्षका केही नेता–कार्यकर्ताको साथ र सहयोग भने उम्मेदवार राणालाई भएको बुझिएको छ । शनिबारको बन्दसत्रमा अध्यक्ष थापाले आदेश दिएर बन्दसत्रबाटै निकाल्न लगाएपछि प्रतिशोधमा उनले उम्मेदवारी दर्ता गराएको राप्रपाका एक नेताले बताए ।

राप्रपाले छिटो स्थानीय चुनाव गर्न माग गरेको छ । चुनाव संविधान कार्यान्वयनसँग जोडिएको भन्दै यथाशक्य छिटो चुनाव घोषणा गर्न सरकारसँग माग गरिएको प्रवक्ता राजाराम श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए । ६ फागुनमा महाधिवेशन उद्घाटन कार्यक्रममा पनि अध्यक्ष थापालगायतका शीर्ष नेताले छिटो चुनाव घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । चुनाव घोषणाको पहिलो स्वागत राप्रपाले गर्ने अध्यक्ष थापाको भनाइ थियो ।

तीन हजार दुई सय ८६ मतदाता सूची सार्वजनिक गरेको राप्रपामा एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि सोमबार दिउँसोबाट मतदान हुनेछ । सोमबार बिहान उम्मेदवारमाथि दाबी–विरोध, उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनको काम गरेर भोटिङ मेसिनमा गोलाप्रथाबाट मिलाउनेजस्ता काम गरिने बताइएको छ । त्यसपछि सोमबार दिउ“सोबाट मतदान सुरु हुने श्रेष्ठको भनाइ छ ।

सोमबार सकिनुपर्ने महाधिवेशन भने एक दिन लम्बिने भएको छ । केन्द्रीय सदस्यका लागि सेलेब्रिटीहरू कोमल वली, रेखा थापासम्मले उम्मेदवारी दिएका छन् । यसअघि दुवै राप्रपामा रहेका वरिष्ठ नेताहरूले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

९८ केन्द्रीय सदस्यका लागि तीन सय ६३ जनाले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले गोलाप्रथाबाट उम्मेदवारको सूची टुंग्याएको छ । विद्युतीय मेसिनबाट चुनाव हुने भएकाले नाम पहिले राख्ने भन्ने विवाद नआओस् भनेर गोलाप्रथाबाट सूची तय गरिएको नेता सुरेश आचार्यले जानकारी दिए

Post Comment