काठमाडौं । स्थानीय तहको निर्वाचन मिति घोषणासँगै फेरिएको मुलुकको राजनीतिक अवस्था र संसदमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति बनाउन एमालेसहित विपक्षी ९ दलीय गठबन्धनको बैठक बस्दैछ ।
मध्यान्ह साढे १२ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संसदको बैठकमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
‘स्थानीय तहको निर्वाचन घोषणा भएको छ’, उनले भने, ‘मुलुकको राजनीति केही परिवर्तन भएको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा साझा धारणा बनाउन नौ दलीय गठबन्धनको बैठक बस्न लागेको हो ।’
संविधान संशोधन विधेयकको विरोध गर्दै आएको ९ दलीय गठबन्धनले सीमाङ्कनको विषयमा कडा आपत्ति जनाउँदै आएको छ ।