काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्ता गर्दैछन् । स्थानिय तहको चुनाव र संविधान संसोधनलाई अघि बढाउने विषयमा छलफल हुनेछ । मधेसमा स्थानिय तहको संख्या बढाउन पनि छलफल हुनेछ । तर आफूसँग भएको सहमतिअनुसार संविधान संशोधन नगरी सरकार अगाडि बढे निर्वाचन हुन नदिने निर्णय गरेको छ । आजो वार्तामा पनि मोर्चाले त्यही अडान राख्ने भएको छ ।
मोर्चाका नेता अनिलकुमार झाले प्रधानमन्त्रीले चुनावमा जानेबताएपनि चुनाव हुने वाताबरण तयार नभएको दावी गरे । झाले पाहाडमा चुनाव भएपनि मधेसमा चुनाव नहुने बताए ।
‘प्रधानमन्त्रीले चुनाव हुन्छ भनिरहनु भएको र संसोधनका लागि दुई तिहाई छैन, निर्वाचनपछि संशोधनलाई अघि बढाउने गरी अहिले स्थानीय तहको निर्वाचनमा जाऊँ भन्दै जबाफ माग्नुभएको छ’ झाले भने , ‘हामील्े भनेका छौ संविधान संशोधन नगरी गरिने निर्वाचनमा भाग लिन्नौ हिजो पनि भनेका थियौ आजको वार्तामा पनि त्इही भन्नेछौ ।’
उनले मधेसी मोर्चाले निर्वाचन आयोगमा दल दर्ता पनि नगर्ने जानकारी दिए । आयोगले आजसम्मको म्याद दिएको छ । आजको वार्ता सरकार र मोर्चाका लागि तिक्तिता बन्ने देखिएको छ । संविधान संसोधन नभएसम्म चुनावको च पनि सुन्न नसकिने झाले बताए ।