असोजसम्म प्रचण्ड-त्यसपछि ओली प्रधानमन्त्री बन्ने सहमति

राजनीति

काठमाडौं । स्थानिय तहको चुनावसँगै राजनीतिले नयाँ कोर्स लिने भएको छ । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ बनाउनेगरि दलहरुले आन्तरिक छलफल गरेका छन् । सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेको नेतृत्वबीचको छलफल अगाडी बढेको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवासबाट सुरु भएको छलफलपछि ५ पटक आन्तरिक वार्ता भइसकेको एक नेताले दावी गरे । त्यसको संयोजक पनि माओवादीबाट श्रेष्ठ र एमालेबाट उपाध्यक्ष भीम रावलले गरिरहेका छन् ।

एमाले अध्यक्ष ओलीसँग उनकै निवास बालकोटमा भएको दोस्रो सम्वादपछि भावी समिकरणका विषयमा सहमति नजिक वार्ता पुगेको स्रोतको दावी छ । प्रधानमन्त्री प्रचण्डले ओलीसँगको भेट लगत्तै चुनावको घोषणा गरेका थिए । चुनाव लगत्तै कांग्रेलाई सत्ता हस्तान्त्रण गर्ने सहमति भएपनि तत्काल सत्ता नछाड्न र आबश्यक परे एमालेको साथ लिन ओलीले प्रचण्डलाई आश्वासन दिएका छन् ।

भावी समिकरणमा राप्रपा र फोरम लोकतान्त्रिकलाई लिएर अघि बढ्ने गरि छलफल भइरहेको छ । ‘असोजसम्म प्रचण्डको नेतृत्वमा सरकार रहने र असोजपछि एमाले अध्यक्षको नेतृत्वमा सरकार बनाउनेगरि छलफल भएको छ’ एक नेताले भने, ‘स्थानिय तहको चुनाव सकिएपछि त्यसको कोर्स सुरु हुनेछ । ’

तर प्रधानमन्त्री प्रचण्ड र ओलीले पहिलो चरणमा स्थानिय तहको चुनाव गराउने र त्यसपछि मात्रै सत्तासमिकरणको अभ्यास सुरु गर्ने आन्तरिक सहमति गरेका छन् ।
म्धेसमा चुनाव गर्न कटिन हुने भएकाले दुई चरणमा चुनाव गराउने आन्तरिक गृहकार्य अघि बढाएको छ । प्रदेश नम्बर २ मा जेठमा र बाँकी क्षेत्रमा बैशाख ३१ मा चुनाव गराउनेगरि छलफल भइरहेको प्रधानमान्त्री निकट स्रोतले बताएको छ ।

Post Comment