एमालेसँग भिड्न मधेशी जनता तयार भएर बसेका छन्:-मोर्चा

एमालेसँग भिड्न मधेशी जनता तयार भएर बसेका छन्:-मोर्चा
राजनीति

काठमाडौं । मधेशी मोर्चाले एमालेको मेची–काली अभियानलाई कुनैपनि हालतमा सफल हुन नदिने उद्धघोष गरेको छ।
मोर्चाका नेता जीतेन्द्र सोनलले भने,‘एमालेसँग भिड्न मधेशी जनता तयार भएर बसेका छन्, पहिलाजस्तो अब सजिलो छैन, एमालेको अभियान भनेको संविधान संशोधनको विपक्षमा छ, त्यसैले हामी तयारी अवस्थामा छौं, एमालेलाई मधेश प्रवेशमा निषेध गर्छौं।’ उनले मधेशमा एमालेले आफ्नो हैसियत छ भनेर कल्पना नगरे पनि हुन्छ भन्दै चूनौति दिए।

उनले एमालेले दुई वटा कुरा गरेर आए मात्रै मधेशमा सहजै प्रवेश पाउने विश्वास दिलाए। उनले भने,‘एउटा संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ, र मधेशी मोर्चा र सरकारवीच भएको ३ बुँदे सम्झौतापनि कार्यान्वयन गराउनुपर्छ।’

उनले एमालेको अहिलेको अभियान त्यति सजिलै सफल नुहने र आफूहरुले हुन नदिने चेतावनी दिए।

तर एमाले सचिव भीम आचार्यले आफ्नोे पार्टी मधेशमा कमजोर नभएको बताउँदै भने,‘हेरे हुन्छ, हाम्रो हैसियत मधेशमा पनि उतिकै छ। संविधान संशोधन प्रस्ताव नै राष्ट्रघाती छ, हामी यसलाई कुनै पनि हालतमा पारित गर्न दिँदैनौं। यही प्रस्तावको भण्डाफोर गर्न हामी अभियानमा छौं। अभियानलाई सफल बनाएरै छाड्छौं।’

Post Comment