धर्ति फाटेपनि एमाले संसोधनको पक्षमा जादैन:- बरिष्ठ नेता खनाल

धर्ति फाटेपनि एमाले संसोधनको पक्षमा जादैन:- बरिष्ठ नेता  खनाल
राजनीति

काठमाडौं । नेकपा एमालेले प्रदेशसभाको चुनाव अगाडी संविधान संसोधन हुन नदिने भएको छ । अहिले संविधान संसोधन आबशयक नभएको निस्कष सहित पहिला स्थानिय तह र प्रदेशसभाको चुनावपछि संसोधनमा जाने त्यसबेला एमालेले नै प्रस्ताव गर्ने एमालेका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेपाली रेडियो नेटवर्कमा नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गदै उनले अब ढिला नगरि अरु बाँकी रहेका कामपनि सरकारले पुरा गरेर चुनावा होमिनुपर्ने बताए । उनले संविधान संशोधन भने अहिले हुन नसक्ने बताए । अहिले संसोधन भन्दा भन्दा पनि कार्यन्वयनमा जोड दिनुपर्ने र एमाले त्यसकौ लागि मेची महाकाली अभियानमा लागेको बताए ।

यतिबेला राष्ट्रको मुल एजेण्डा चुनाव र संविधान कार्यन्वयनको भएको उनले बताए । एमाले चुनावका विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

“अहिले संविधानको कार्यन्वयन गर्ने समय हो” नेता खनालले भने “सविधान कार्यन्वयन गर्न छोडेर देशलाई अग्रगतिमा लैजान हुन्न ।” सविधान संशोधनको प्रस्तावले राष्ट्रलाई हिंसा, झगडा र असान्ततर्फ धकेलिरहेको उनको दावि छ। मधेसमा पनि चुनाव हुने एमाले नेता खनालले दावी गरे । ‘सिंगो मधेस चुनावमा जान चाहिरहेको छ मधेसमा पनि चुनाव हुन्छ ’ खनालले भने, ‘ हेदै{ जानुहोला केही महिनाको कुरा हो मधेसमा पनि चुनाव हुन्छ । ’

नेता खनालले सबै चुनाव सकिएपछि भने संविधान संशोधन हुने बताए । ‘जसलेपनि, जहिलेपनि, जे विषयमा पनि संशोधन गर्न खोजेर हुन्न’ खनालले भने, ‘समय आएपछि संविधान संसोधन हुन्छ अहिले पेश गरेको प्रस्तावको औचित्य छैन ।’ उनले अहिले आकास खसेपनि धती{ फाटेपनि एमाले संसोधनको पक्षमा जादैन ।

Post Comment