एकता भएको महिना दिनमै फुट्ने भो राप्रपा,चन्द र लोहनीले बेलाए गुट भेला

एकता भएको महिना दिनमै फुट्ने भो राप्रपा,चन्द र लोहनीले बेलाए गुट भेला
राजनीति

काठमाडौं । एकता महाधिवेशन सम्पन्न भएको एक महिना बित्न नपाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चुनाव चिन्हलाई लिएर विवाद सुरु भएको छ ।

एकता महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकले चुनाव चिन्ह गाई राख्ने निर्णय गरेपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनीसहितका नेता त्यसको विपक्षमा उभिएका छन् ।
चुनाव चिन्ह हलो राख्नुपर्ने पक्षधर नेताले चैत ५ गते काठमाण्डुमा भेला बोलाएर पार्टी शुद्धीकरण अभियान चलाउने निर्णय गरेका छन् ।
त्यसका लागि महेश्वर रोकाको नेतृत्वमा शुद्धीकरण अभियान समिति गठन गरिएको छ । ‘हामीले चैत ५ गते राजधानीमा भेला बोलाएका छौं’, रोकाले भने, ‘भेलामा हलो पक्षधर सबै नेतालाई उपस्थिति हुन आग्रह गरेका छौं ।’ श्रोतका अनुसार शुद्धीकरण अभियानमा केही शीर्ष नेताको साथ छ ।
केन्द्रीय सदस्य जगत गौचनले नेतृत्वले सबै पक्षलाई नसमेटे पार्टी अघि बढ्न नसक्ने बताए । तत्कालीन राप्रपाका शीर्ष नेता चन्द, लोहनी लगायतले विरोध गर्दागर्दै पनि अध्यक्ष कमल थापाले चुनाव चिन्ह गाई हुने निर्णय गराएपछि पार्टीभित्रको विवाद सतहमा आएको हो ।
नागरिक दैनिकबाट

Post Comment