रविन्द्र मिश्रको पार्टीमा आवद्धताका लागी सदस्यता खुल्यो

रविन्द्र मिश्रको पार्टीमा आवद्धताका लागी सदस्यता खुल्यो
राजनीति

काठमाण्डौं । रविन्द्र मिश्रले नेपालभित्र ‘साझा पार्टी’ इकाई र विदेशमा ‘साझा सदभाव समूह’हरूको निर्माण कार्य तत्काल शुरू गर्न अनुरोध गरेका छन् ।

उनले भनेका छन् गत ६ दिनमा पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टाको चार खम्बामा निर्माण गर्न लागिएको भष्टाचार विरोधी कल्याणकारी-उदारवादी ‘साझा पार्टी’बारे नेपाल र संंसारभरीबाट जुन स्तरमा प्रेरणादायी र उत्साहजनक प्रतिकृया प्राप्त भयो, त्यसका लागि जति नै आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुन्छ। हाम्रो प्रतिवद्धता बढेको छ र तपाईंहरूप्रति शिर श्रद्धाले नुहेको छ । तर हाम्रो साझा चाहाना पुरा गर्ने एक मात्र बाटो हाम्रा छरिएका सदभावलाई संस्थागत गर्ने नै हो। त्यो संस्थागत गर्ने काम स्वस्फूर्तरूपमैं हुनुपर्छ ( अन्य बाटो नै छैन। त्यसका लागि साझा पार्टीले देशभित्र र बाहिरका लागि दुईवटा रणनीति तय गरेको बताएका छन्।
देशभित्रः देशका हरेक टोल-टोलमा कम्तिमा ७ जना वा संभव भए त्यो भन्दा बढी संख्याको ‘साझा पार्टी इकाई’ निर्माणका लागि तत्काल जुट्न उनले आग्रह गरेका हुन्, जुन छिटै पार्टीको संगठन निर्माणको आधारशिला हुनेछ। देशभरी संगठित इकाईहरू निर्माण नहुने हो भने हाम्रो साझा सदभाव, साझा संभावनामा रूपान्तरित हुनै सक्दैन। जब पार्टी औपचारिकरूपमा दर्ता हुनेछ, ती इकाईहरूले पनि औपचारिकता प्राप्त गर्ने उनको विश्वास छ।
विदेशमास् विदेशका नगर तथा शहरहरूमा चाहिँ ‘साझा सदभाव समूह’हरू निर्माण कार्य तत्काल अगाडि बढाउन उनले अपिल गरेका छन्। त्यस्ता समूहहरू नेपालीहरु केन्द्रित भएको कुनै पनि ठाउँमा निर्माण हुन सक्दछ। ती समूहहरूले विदेशमा बस्ने नेपालीहरूमाझ साझा पार्टीप्रति सदभाव र समर्थन बढाउन भूमिका खेल्ने बताए।
उनले निर्माण भएका इकाई र समूहकाबारे डाक्टर उमेद पुनलाई (00977) 9851253001 फोन गरेर जानकारी दिन भनेका छन्।

Post Comment