देउवा बिरुद्ध रामचन्द्रको घरमा छुट्टै गोप्य बैठक

देउवा बिरुद्ध रामचन्द्रको घरमा छुट्टै गोप्य बैठक
राजनीति

काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसका असन्तुष्ट पक्षहरुको भेला बरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा बसेको छ। पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाप्रति तिव्र असन्तुष्टि व्यक्त गर्दै असन्तुष्ट पक्षले आज गोप्य बैठक डाकेका हुन्।

पौडेल निवास बोहराटारमा सम्पन्न बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति देउवा दुवै जना चुनाव र संविधान संशोधनको लागि वातावरण बनाउन लागि नपरेको आरोप लगाएका थिए।

चुनावको मिति घोषणा भैसकेको अवस्थामा असन्तुष्ट पक्षहरुलाईपनि सहमतिमा लिएर चुनावमा होमिनुपर्ने बेलामा प्रधानमन्त्रीले त्यसतर्फ कुनै ध्यान नदिएको उनीहरुको आरोप छ।  प्रधानमन्त्री दाहालले चुनावको मिति घोषणा गरेर घोषित मितिमै निर्वाचन गराउनको लागि ठोस पहलकदमी लिन नसकेको नेताहरुले आरोप लगाएका छन्।

त्यस्तै पार्टी सभापति देउवाले पनि पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बोलाउन नसकेको, पार्टीलाई पूर्णता नदिएको, संविधान संशोधनमा मध्यमार्गी भूमिका निर्वाह गर्न नसकेको, निर्वाचनको माहोल बनाउन नसकेको, पार्टीलाई भताभुँग बनाएको जस्तो आरोपहरु बैठकमा सहभागी नेताहरुले लगाएका छन्।

बैठकमा रामचन्द्र पौडेल, डा. शंशाक कोइराला, सितादेवी यादव, डा. रामशरण महत लगायतका नेताहरुको उपस्थिति थियो।

Post Comment