प्रचण्ड सरकार धरापमा , मोर्चा पछि राप्रपाले सरकार छोड्दै

प्रचण्ड सरकार धरापमा , मोर्चा पछि राप्रपाले सरकार छोड्दै
राजनीति

काठमाडौं । सप्तरी घट्नालाई लिएर मधेशी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन संभव भए आजै नभएर भोलि फिर्ता लिने निर्णय गरिसकेको छ। मधेशी मोर्चाले सरकारको समर्थन फिर्ता लिए लगत्तै चौथो दल राप्रपाले पनि सरकारको साथ छोड्ने भएको छ।

मोर्चा, राप्रपा लगायतका दलहरु प्रचण्ड गठबन्धनलाई अल्पमतमा पार्ने खेलामा लागिसकेका छन्। उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अब राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने माँग गरेको छ। एमालेले चुनावको लागि पनि सहमतिको सरकार बनाउनुपर्ने माँग गरेको हो ।

राप्रपा र मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वित्तिकै वर्तमान काँग्रेस–माओवादी गठबन्धनको सरकार अल्पमतमा पर्ने कुरा प्रष्ट भैसकेको छ। उता फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले भने,“मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वित्तिकै हामी पनि सकारकाको साथ छोड्छौं।”

मोर्चाले आजै सभामुख ओनसरी घर्तीमगरलाई सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पत्र बुझाउने भएको छ।

Post Comment