सप्तरी काण्ड : गोली चलाउन आदेश दिने प्रजिअ र प्रहरीका एसपी निलम्बन

सप्तरी काण्ड : गोली चलाउन आदेश दिने प्रजिअ र प्रहरीका एसपी निलम्बन
राजनीति

सरकारले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धवकुमार तिमल्सिना र प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई कारबाही गर्ने भएको छ ।

स्रोतका अुनसार आजै साँझ बस्ने मन्त्रिपरिषद बैकठले उनीहरुलाई निलम्बनको कारबाही गर्ने तयारी गरेको हो । एमाले मेची–महाकाली अभियानका क्रममा सोमबार सप्तरीको राजविराजमा मधेसी मोर्चा समर्थक चार जनाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरीका निमित्त प्रमुख डा. दिनेशचन्द्र पोखरेललाई गोली नचउालन निर्देशन दिँदादिँदै घटना भएको थियो ।

केन्द्रको आदेशविपरीत मोर्चा कार्यकर्तामाथि गोली चलाएको भन्दै तिमल्सिना र लोहनीमाथि कारबाही गर्न लागिएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

मधेसी मोर्चाले समेत गैरकानुनी हत्यामा संलग्नमाथि कारबाहीको माग गरेको छ ।

 

Post Comment