प्रचण्डको रणनिति : कमल थापालाई उप-प्रधानमन्त्री ,संशोधन पारित

प्रचण्डको रणनिति : कमल थापालाई उप-प्रधानमन्त्री ,संशोधन पारित
राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवावीच राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान एवम् पराष्ट्रमन्त्री दिने तयारीमा जुटेका छन्।

संविधान संशोधन प्रस्तावमा दुई तिहाई पुर्याउने रणनीतिमा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहित अन्य दुई मन्त्रालय दिने पक्षमा पुगेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार राप्रपाले संशोधन प्रस्तावको पक्षमा मतदान गरे संशोधन प्रस्ताव दुई तिहाईले पारित हुने विश्वास सत्तारुढ दलले लिएका छन्। मधेशी मोर्चाले एक हप्ते अल्टिमेटम दिईसकेकोले संशोधन प्रस्ताव जसरी पनि पारित गराउनुपर्ने पक्षमा सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्र जुटेका छन्।

उता अध्यक्ष थापाले पनि उपप्रधानमन्त्री दिईए आफू सरकारमा सहभागी हुने ग्रिन सिग्नल दिईसकेका छन्। काँग्रेस, माओवादी केन्द्र, राप्रपा, मधेशी मोर्चा र अन्य साना दलहरुको समर्थनमा संशोधन प्रस्ताव दुई तिहाईले पारित हुने उनीहरुको विश्वास छ। यसको लागि काँग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालवीच हिजोपनि लामो छलफल भएको स्रोतको दाबी छ।

Post Comment