सप्तरीको शान्तिपूर्ण सभामा बम हान्ने क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नु पर्ने र सभाको सुरक्षा गर्ने प्रहरीलाई कारवाही गर्नु पर्ने माग राख्दै आएको मधेसी मोर्चाले कञ्चनपुरमा बिहीवार भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गोली नहानेको दावी गरेको छ ।
भारतीय सीमा सुरक्षाबलले नेपाली भूमिमा आएर गोली हानी निर्दाेष नेपालीको हत्या गरेको थियो । भारतीय सीमा सुरक्षाबलले गोली प्रहार गरी गोविन्द गौतमको हत्या गरे पनि भारतीय दूतावासले भारतीय सुरक्षाबलले गोली नहानेको दावी गर्दै आएको थियो ।
भारतीय दूतावासकै विज्ञप्तिलाई पछ्याउँदै मधेसी मोर्चाले शुक्रवारको संसद बैठकमा भारतीय सुरक्षाकर्मीले गोली नहानेको वताएकाले घटना रहस्यमय भएको दावी गरेको थियो । संसदमा बोल्दै संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले भने– ‘कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर नेपालीको मृत्यु भएको भनिए पनि त्यो विवादास्पद बन्न पुगेको छ । भारतीय दूतावासले विज्ञप्ति नै निकालेर भारतीय सीमा सुरक्षाबलले गोली चलाएको होइन भनिसकेको छ । यस्तो अवस्थामा कञ्चनपुर काण्ड रहस्यमय छ ।’
राईले संसदमा आफ्नो मन्तब्य राखिसकेपछि मोर्चाका सांसदहरुले नारावाजी गरेका थिए । उनीहरुले सप्तरीमा एमालेको सभा बिथोल्ने बम प्रहार गरे पनि त्यो शानितपूर्ण रुपमै भएको तर, प्रहरीले ज्यादती गरेको आरोप लगाएका थिए । मोर्चाका नेताहरुले एमाले सभामाथि जाइलाग्दा शानितपूर्ण रुपमै पेट्रोलबम र भाला प्रहार गरिएको दावी गर्दै आएका छन् ।
मधेसी मोर्चाले भन्योः भारतीय सुरक्षाबलले गोली चलाएको होइन
