नारायणीतिरबाट ओलिले दिए दादागिरी नदेखाउन भारतलाई चेतावनी

नारायणीतिरबाट ओलिले दिए दादागिरी नदेखाउन भारतलाई चेतावनी
राजनीति

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिमानामा बसेर दादागिरी नदेखाउन भारतलाई चेतावनी दिएका छन्।

मेची–काली राष्ट्रिय अभियान अन्तगर्त एमालेको बिशाल सभालाई शनिबार नारायणीतीरमा संवोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कञ्चनपुर गोलीकाण्डमा भारत सरकारलाई माफी माग्न लगाउनुपर्ने बताएका छन् ।

उनले भने,‘नेपाल सरकारले तत्काल भारत सरकारसँग केन्द्रीय तहमै कुरा गरेर गोलीकाण्डमा माफी माग्न लगाउनुपर्छ।”

त्यस्तै क्षतिपूर्ति भराउन पनि लगाउनुपर्ने माग गर्दै भने,“नेपाली सिमानाभित्र आएर भारतीय शसस्त्र बलले गोली चलाएर नेपालीको हत्या गर्दा पनि सरकार लाचार भएर बसेको छ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निकै आक्रमक रुपमा प्रस्तुत भएका ओलीले भने,‘यो सरकार नाममात्रको सरकार हो, यसबाट भारतीय ज्यादतीबिरुद्ध आवाज उठाउने हैसियत मैले देखेको छैन, हामीले सरकारलाई दबाब दिनुपर्छ, घटनामा भारतलाई माफी मगाउन लगाउनैपर्छ, भारतले अन्तराष्ट्रिय कानुन मान्नुपर्छ।”

अध्यक्ष ओलीले आफ्नो पार्टी दुला पसेर ज्यान जोगाउने पार्टी नभएको भन्दै जनता, राष्ट्र र राष्ट्रियताका पक्षमा सधंै उभिने पार्टी भएको बताए । ‘एमालेले स्वभिमानी राष्ट्रपे्रमी जनतालाई राष्ट्रको जिम्मा लगाउँछ । समृद्धि र राष्ट्रिय एकताको यो यात्रामा एमालेले बिश्राम लिंदैन ।’

Post Comment