भैरहवा। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कञ्चनपुरमा भारतीय एसएसबीले नेपालको सीमाभित्र पसी गोबिन्द गौतमको हत्या गरेको घटनालाई सामसुम पार्न सरकारले प्रयत्न गरिरहेको आरोप लगाएका छन्।
भैरहवामा आईतबार एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उपाध्यक्ष गौत्मले हत्या प्रकरणको निप्टारा नहँुदै सरकारले दश लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नु मुद्दालाई दबाउने सरकारी प्रयास भएको बताएका हुन्।
पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले भने,‘भारतले नेपाली नागरिक गोबिन्द गौतमको हत्या गरेकोमा माफी माग्नुपर्छ र कम्तिमा पनि एक करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ।’
नेपाल जन्मेदेखि नै हिमाल, पहाड र तराइको समागम भएकाले यो भौगोलिक निर्भरतालाई कसैले तोड्न नसक्ने उनको भनाई थियो। उनले भने,‘नेपालको तराई राजेन्द्र महतो, उपेन्द्र यादव, वा महन्थ ठाकुरले पेट बोकेर जन्माएको होइन।’
नेपाल विरुद्ध नाकाबन्दी लाग्दा सिमानामा भोज खाने दल वा व्यतिm नेपाली हुन नसक्ने गौतमले बताए । उनले नाकाबन्दीमा सबैभन्दा ठूलो दुःख मधेसका जनताले पाएको उल्लेख गर्दै भने,‘मोर्चाले त्यो दुःखको बेला सिमानामा भारतको भोज खाए, मधेसी मोर्चा नेपाली हो कि बिदेशी ?