प्रधानमन्त्री हुन छाडेर चुनावको लागि सरकारमा आएको हुं:उपप्रधानमन्त्री कमल थापा

प्रधानमन्त्री हुन छाडेर चुनावको लागि सरकारमा आएको हुं:उपप्रधानमन्त्री कमल थापा
राजनीति

संघीय मामिला तथा स्थानीय विकास मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा सहभागी हुन सात दिन पर्खेको भए आफू प्रधानमन्त्री हुने अवसर रहेको दाबी गरेका छन् ।

वैशाख ३१ गते तय भएको स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न आफू सरकारमा सहभागी भएको जनाउँदै रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा मन्त्री थापाले भने– ‘पदको लोभ गरेर सरकारमा आएको होइन, सात दिन पर्खेको भए मेरा शुभचिन्तकले भनेका थिए तपाइँ प्रधानमन्त्री हुने अवसर छ । तर मैले स्थानीय चुनावलाई ध्यानमा राखेर सरकारमा सहभागी भएँ ।’ प्रधानमन्त्री हुन छाडेर चुनावको सुनिश्चितताका लागि आफू सरकारमा आएको उनको भनाई छ ।

पत्रकारहरुले सरकारमा सहभागी हुनुभयो संविधान संशोधनको पक्षमा मत हाल्नु हुन्छ होला नि भनेर सोधेको प्रश्नमा मन्त्री थापाले आझोशित हुँदै भने– ‘यथास्थितिमा संविधान संशोधनको पक्षमा भोट हाल्दिन भनेर कतिपल्ट भनूँ ?’ उनले यतास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढे राप्रपाले एक मिनेटमा सरकार छाड्ने दाबी गरे ।

Post Comment