नेपालगन्जमा एमाले माथि मोर्चाको अवरोध

नेपालगन्जमा एमाले माथि मोर्चाको अवरोध
राजनीति

मधेशी मोर्चाले नेकपा एमालेको नेपालगन्जमा मंगलबार हुन लागेको आमसभालाई बिथोल्ने प्रयास गरेको छ । मोर्चाले एमालेको सभाविरुद्ध बन्दको आह्वान गरेको छ भने सवारी साधनमा पनि अवरोध सिर्जना गरेको छ ।

मेची–महाकाली अभियानअन्तर्गत मंगलबार नेपालगन्जमा हुन लागेको आमसभालाई बिथोल्न मोर्चाले सोनपुर र उढरापुरमा एमाले कार्यकर्ता ओसार्न प्रयोग भएका सवारी साधनलाई रोकेका छन् ।

नेकपा एमालेले नेपालगन्जको रामलिला मैदानमा आमसभाको तयारी गरेको थियो । तर, मोर्चाले अवरोध प्रयास गरेकाले सडक डिभिजन कार्यालयमा सारिएको छ । थप अप्रिय घटना हुन नदिन नेपालगन्जको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि सप्तरीमा एमालेको अभियान बिथोल्नेक्रममा भएको झडपमा पाँच जनाको मृत्यु भएको थियो । त्यसलगत्तै मोर्चाले विभिन्न बहानामा एमालेको सभा बिथोल्ने प्रयास गरिरहेको छ । बन्द र अवरोधका बाबजुद पनि एमालेको सभामा हजारौं जनसहभागिता देखिएको छ ।

Post Comment