नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले संविधानको प्रतिमा आगो लगाउनेहरुले करोडौँ नेपाली जनताको मनमा आगो लगाएको बताएका छन् ।
कैलालीको टिकापुरमा भएको सभालाई सम्बोधन गर्दै उनले भने, ‘कञ्चनपुरमा नेपाली नागरिक मारिँदा मधेसका लागि काम गरेका छौँ भन्ने मधेसी नेताहरु बोलिरहेका छैनन् । उनीहरुको घाँटी केले अँठ्याइरहेको छ ? किन एक शब्द बोल्न सकिरहेका छैनन् ?’
स्थानीय निर्वाचन हुन नदिने, नेपाललाई समृद्ध हुन नदिने, सामाजिक सद्भाव कायम हुन नदिने जस्ता काम गर्नुका पछाडि नेपाललाई असफल बनाउने कोसिस बाहेक अरु केही नभएको स्पष्ट पारे ।
नम्बर प्रदेशमा चुनाव हारेका व्यक्तिहरु आएर टिकापुर काण्ड मच्चाएको स्मरण गर्दै उपाध्यक्ष रावलले त्यस्ता घटनाबाट पनि मुलुकको सामाजिक सद्भाव विथोल्न को सक्रिय छ भन्ने बुझ्न जरुरी रहेको बताए ।