नेकपा (एमाले)का नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राईले सरकार स-साना कुरामा अल्झेर संविधान कार्यान्वयनमा इमान्दार नभएको बताएका छन् ।
उनले सरकाले प्रमुख विपक्षी एमालेलाई वाईपास गरेर राप्रपाजस्ता स-साना पार्टीलाई सरकारमा सामेल गराएर तालमेल गर्नुको उद्देश्य सत्ता केहि दिन र महिना दिन भएपनि टिकाउने खेल मात्र गरेको दावी गरे ।
सरकार साँच्चिकै संविधान कार्यान्वयनमा इमान्दार भए प्रतिपक्षी दलसँग सहकार्य गर्नुपर्नेमा त्यो नभएको उनले बताए । सरकारले जतिसुकै तानतुन गरेपनि सरकार केहि दिन केहि महिनामात्र टिक्ने समेत बताए । ‘परिस्थितिलाई सही ट्रयाकमा ल्याउन सरकारले बाटो छोड्नुपर्छ’ उनले भने ।
संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको पारित हुन नसक्ने बताउँदै एमालेले संविधान संशोधन पारित गर्न नदिने उल्लेख गरे। वर्तमान सरकारले परिवर्तनका उपलब्धी तुहाउनेतर्फ लागिपरेको आरोपसमेत लगाए ।
काँग्रेस र माओवादीबीचको सहमतीअनुरुप प्रधानमन्त्रीको आयू एक महिनामात्र बाँकि रहेको अवस्थामा विगतमा सरकार गठनपूर्व सरकारले व्यक्त गरेका प्रतिबद्धताअनुसार सरकारले काम नगरेको र संविधान कार्यान्वयनमा इमान्दारीता नदेखाएको बताए ।
उनले वर्तमान सरकार नैतिकताको आधारमा असक्षम रहेको बताउँदै निर्वाचन समयमा गर्ने, संविधान कार्यान्वयनतर्फ सरकारको ध्यान जान नसकेको र सरकारका आयू मात्र लम्ब्याउने खेलमा लागेको बताए ।
एमालेको सामाजिक एकता तथा राष्ट्रियताको जगमा उभिएर अविचालीत रुपमा एमाले एकठिक्का हुँदै आएको बताए । एमालेले संविधान कार्यान्वयनको लागि चार महिना अभियान सम्पन्न गरेको छ, उनले भने, एमालेले गत २१ फागुनबाट सूरु गरेको मेची महाकाली अभियान आज सम्पन्न भएको र त्यो अभियान पूर्ण रुपमा सफल भएको बताए ।
सप्तरी घटनामा एमाले दोषी नभएको बताउँदै सप्तरी घटनामा मधेशी मोर्चा प्रत्यक्ष दोषी भएको बताउँदै सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गर्ने कार्य हुँदा प्रतिकारमा दु:खद घटना हुन पुगेको बताए ।